Friday, June 18, 2021
Home > समाचार > मञ्चमै बेहोस भएर ढलिन् नेकपा संसदीय दलकि सचेतक शान्ता चौधरीः अस्पताल भर्ना

मञ्चमै बेहोस भएर ढलिन् नेकपा संसदीय दलकि सचेतक शान्ता चौधरीः अस्पताल भर्ना

काठमाडौँ, २८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चाैधरी दाङमा आयोजित एउटा कार्यक्रममा बेहोस भएकी छन्।दाङको तुलसीपुरमा उच्च सरकारी वकील कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन सकिए लगत्तै सचेतक चौधरी बेहोस भएकी हुन्।उच्च सरकारी वकील कार्यालयको उद्घाटन महान्यायाधिवक्ता अग्नि खरेलले गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन्।

उद्घाटन कार्यक्रममा मन्तव्य ब्यक्त गरेपश्चात बेहोस भएपछि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो।उपचारपछि उनी होसमा आइसकेको अस्पतालले जनाएको छ ।

कुवेत । रोजगारीका लागि घरेलु कामदारका रुपमा कुवेत गएकी एक नेपाली महिलाले काम गर्ने घरमै अबैध बच्चा जन्माएकी छन् । गत फेबु्रअरीको अन्तिममा बाबुको पहिचान नभएको शिशु जन्माएकी ति नेपाली महिलाको थर परियार रहेको बताइएको छ । काम गर्ने घरमै सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलाले केहि समयभित्रै बच्चा जन्माएको बताइएको छ । अस्पतालबाट डिस्चार्ज भएलगत्तै ति महिलालाई डिपोर्टेसन सेन्टर (जेल) पठाईएको छ ।

स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने बताइएको छ । ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएपछि सुत्केरीलाई फर्काउन दूतावासलाई समस्या परेको जनाएको छ ।

घडेरी किनबेच गर्नेहरुलाई लाग्यो कडा धक्का: काठमाडौं– अब आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले जग्गा वर्गीकरणको प्रावधान समेत समेटेर विधेयक पारित गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो । पारित विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ ।राष्ट्रियसभामा पेस भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

पारित विधेयकअनुसार अब आवासीय क्षेत्र छुट्याइएको बाहेक अन्य क्षेत्रमा व्यावसायिक प्रयोजनले घडेर बिक्री गर्न पाइने छैन पारित विधेयकले जग्गाको वर्गीकरण समेत गरेको छ । भूमिको बनोट, उत्पादनको क्षमता, मौजुदा उपयोग र आवश्यकताका आधारमा भूमि वर्गीकरण गरिएको छ । गोरखापत्रमा खबर रहेको छ ।जसमा कृषि क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल क्षेत्रमा वर्गीकरण गरिएको छ ।

२७ फागुन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउने बताएका छन् ।सोमबार पोखरामा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की–२ को सांसदका लागि अधिकारी पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन् ।‘वामदेवजीको चर्चा त्यतिकै आयो । त्यो होइन । उहाँले खण्डन गरिसक्नुभयो ।

पार्टीले जिल्लाको पनि विचार र परिस्थिति हेर्नुपर्ने हुन्छ,’ प्रचण्डले भने, ‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ सप्तरी – कोशी ब्यारेजको नजिकै एक महिलाको शव फेला परेको छ। हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित कोशी ब्यारेजबाट करिब ८ सय मिटर टाढा पहिचान नभएको एक महिलाको शव फेला परेको हो ।प्रहरीका अनुसार शबको पहिचान नभएको बताइएको छ ।

कोशी नदीले बगाई ल्याएको अवस्थामा अपरिचित महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको विषयमा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।।दिक्तेल । रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन् ।

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए ।

‘विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ’ उनले भने, ‘घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उनको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताइन् । घटनाबारे प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग बुझ्न सम्पर्क हुन सकेन । निशान न्यूज ।’

अदिस अबाबा, इसिथयोपिया: आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो । इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटिएको छ ।”

Leave a Reply

error: Please Dont Copy My Content!! !!