Thursday, June 17, 2021
Home > समाचार > भारतीय सांसदको नेपालबारे आपत्तिजनक टिप्पणी, नेपालीलाई अपमान गर्दै ट्वीटरमा यस्तो लेखिपछी सामाजिक संजालमा भाईरल – पुरा हेर्नुहोस

भारतीय सांसदको नेपालबारे आपत्तिजनक टिप्पणी, नेपालीलाई अपमान गर्दै ट्वीटरमा यस्तो लेखिपछी सामाजिक संजालमा भाईरल – पुरा हेर्नुहोस

काठमाडौँ । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई अपमानित गर्दै ट्वीट गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनले ट्वीटरमा लेख्दा नेपालीलाई अपमान गरेकी हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेकी छिन् – प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!