Thursday, June 17, 2021
Home > समाचार > भारतको चर्चित टेलिभिजन शो सारेगमपामा नेपालका आयुषले दिए अर्को धमकेदार प्रस्तुती , राष्ट्रिय गान गाएर फेरी जिते जज र दर्शकको मन (हेर्नुहोस् भिडियो)

भारतको चर्चित टेलिभिजन शो सारेगमपामा नेपालका आयुषले दिए अर्को धमकेदार प्रस्तुती , राष्ट्रिय गान गाएर फेरी जिते जज र दर्शकको मन (हेर्नुहोस् भिडियो)

काठमाडौं – भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका १२ बर्षका आयुष केसीले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । नेपालका १२ बर्षका आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने गर्छन् । अहिले आयुष केसी विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।

उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए। आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।आयुष केसीले धमाकेदार प्रस्तुति दिएर फेरी एक पटक जज र दर्शकको मन जित्न सफल भएका छन् ।

देशभक्ति विशेष एपिसोडमा उनले ‘लक्ष्य’ फिल्मको चर्चित गीत ‘हाँ यही रस्ता हे तेरा; गाएका थिए ।गत हप्ता र त्यसका अघिल्ला एपिसोडहरुमा पनि धेरै पटक १०० मा १०० % ल्याएका आयुषले यो एपिसोडमा भने ९७.३५ ल्याएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!