Tuesday, June 15, 2021
Home > समाज > सलाम छ यी प्रहरीलाई :बलात्कारपछि हत्या प्रकरण सफल अनुसन्धान गर्ने प्रहरीलाई प्रदेश १ भरिकै सर्वोत्कृष्ट घोसित

सलाम छ यी प्रहरीलाई :बलात्कारपछि हत्या प्रकरण सफल अनुसन्धान गर्ने प्रहरीलाई प्रदेश १ भरिकै सर्वोत्कृष्ट घोसित

विराटनगर : कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने दुई प्रहरी प्रदेश १ भरीकै सर्वोत्कृष्ट घोषित भएका छन् ।

बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरीका नायब निरीक्षक (सइ) विकास खत्री र प्रहरी हवल्दार शलीराम राजवंशीलाई सर्वोत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जघन्य अपराधको सफल अनुसन्धान गरेर अनुसन्धानलाई निस्कर्षमा पु¥याउन उल्लेखनीय भूमिका खेलेको भन्दै खत्री र राजवंशीलाई प्रदेशभरीबाटै ‘बेष्ट पुलिस अफ दी मन्थ’ को उपाधिबाट पुरस्कृत गरेको हो ।

बलात्कारपछि बालिकाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न खत्री जिल्ला प्रहरी कार्यालय मोरङ र राजवंशी प्रदेश १ प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएका थिए ।

पुनरावेदन अदालत न्यायाधीश सुरक्षा गार्ड इलाम दरबन्दी भएका सइ खत्री मोरङ र दंगा नियन्त्रण प्रहरी गण सुनसरी दुहवी दरबन्दी भएका हवल्दार राजवंशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

जवरजस्ती करणी जस्तो जघन्य प्रकृतिको अपराधको सफल अनुसन्धान गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका कारण उनीहरुको कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!