Wednesday, June 16, 2021
Home > समाचार > निर्मला हत्या प्रकरणःभर्खरै आयो चकित बनाउने खबर, बम दिदीबहिनीले हाले ३ जना विरुद्ध मुद्दा – पुरा हेर्नुहोस

निर्मला हत्या प्रकरणःभर्खरै आयो चकित बनाउने खबर, बम दिदीबहिनीले हाले ३ जना विरुद्ध मुद्दा – पुरा हेर्नुहोस

काठमाडौं । गएको साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरी असफल भइरहेका बेला यो प्रकरणमा मुछिएका अनिता बम र रोशनी बमले जिल्ला अदालत कञ्चनपुरमा ३ जनाविरुद्ध गाली बेज्जइती तथा अपमानको मुद्दा दर्ता गराएकी छन् ।

मृतक निर्मलाकी साथी रहेकी रोशनी बम र उनकी दिदी अनिताले पत्रकार खेम भण्डारी, नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र कैलालीका भक्ति फुलाराविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

यो प्रकरणमा बम दिदी बहिनीको हात रहेको प्रतिवेदन इन्द्रप्रसाद अर्याल अध्यक्ष रहेको नेपाल मानवअिधकार संगठनले दिएको थियो भने पत्रकार खेम भण्डारीले कपोकल्पित र भ्रामक समाचारहरु सम्प्रेशण गरेको आरोप छ ।

यसअघि जिल्ला अदालतमा तल्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर गरिएको थियो। बलात्कारपछि हत्या गरिएकी निर्मला प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहित ८ जनाविरुद्ध सरकारी वकिल कार्यालय कञ्चनपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको हो। यातना दिएको अभियोगमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको हो।

त्यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!