Friday, June 18, 2021
Home > मनोरञ्जन > ‘क्याप्टेन’को रोमान्टिक गीत ‘सक्दिनकी बाच्न’ रिलिज (भिडियो)

‘क्याप्टेन’को रोमान्टिक गीत ‘सक्दिनकी बाच्न’ रिलिज (भिडियो)

काठमाडौँ। युवास्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को नयाँ गीत रिलिज भएको छ। चलचित्र रिलिज भएको एक हप्तापछि चलचित्रको गीत ‘सक्दिनकी बाँच्न’ सार्वजनिक गरिएको हो। गीतमा स्वर सुमन केसी र दीपा लामाको रहेको छ। गीतमा सङ्गीत अर्जुन पोखरेलले भरेका हुन् भने शब्द दिग्गज धउरालीको रहेको छ।

गत शुक्रबार रिलिज भएको ‘क्याप्टेन’ले आक्रामक व्यापार गरिरहेको छ। नायक केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्रमा उपासना सिंह ठकुरी , प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!