Thursday, June 17, 2021
Home > समाचार > १४ वर्षिया किशोरीलाई जंगलमा लगि ३ युवकले पालैपालो बलात्कार – पुरा हेर्नुहोस

१४ वर्षिया किशोरीलाई जंगलमा लगि ३ युवकले पालैपालो बलात्कार – पुरा हेर्नुहोस

रौतहट : रौतहटमा एक किशोरीलाई जंगलमा लगि तीन युवकले सामूहिक बलात्कार गरेका छन् । गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार दिउसो तीन जनाले १४ बर्षिया किशोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको घटनास्थलबाट प्रहरीले ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा, चप्पल बरामद गरेको छ ।

गरुडा बजारबाट किशोरीलाई फकाएर मोटरसाइकलमार्फत जंगलमा लगि जबरजस्ती करणी गर्दै गरेको अवस्थामा इलाका वन कार्यालय सिम्रीको गस्तीटोली देखेपछि युवकहरु भागेका थिए ।किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फराररहेका आरोपीहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जनाएका छन्

Leave a Reply

error: Please Dont Copy My Content!! !!