Friday, June 18, 2021
Home > समाचार > बिहानै पर्वतबाट अायो यस्तो दुःखद खबर

बिहानै पर्वतबाट अायो यस्तो दुःखद खबर

पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तिलाहारबाट बाजुङ जाँदै गरेको यात्रुवाहक ग १ ख ६२६९ नम्बरको बस साँझ ४ः२० बजे दुर्घटनामा परेको हो । घाइते २१ जनामध्ये ९ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने बाँकी १२ जनाको मणिपाल अस्पताल, पोखरा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइतेमध्ये धेरैजसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३५ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुनेमा मोदी गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् ।

गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।
सन्तोष थापा/उज्यालो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!