Sunday, June 20, 2021
Home > समाचार > अन्तत : नाबालक सहित सबै ८ जनाको परिवारलाइ न्याय मिल्यो

अन्तत : नाबालक सहित सबै ८ जनाको परिवारलाइ न्याय मिल्यो

कैलाली- कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

टीकापुर २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपी सहित ९ जनाको हत्या भएको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो।

सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!