Monday, June 14, 2021
Home > समाचार > नक्कली सशस्त्र प्रहरी बनेर युबतिले सक्कली प्रहरी लाई नै ठगेपछी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नक्कली सशस्त्र प्रहरी बनेर युबतिले सक्कली प्रहरी लाई नै ठगेपछी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं / सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै नक्कल सशस्त्र प्रहरी बनेर ठगी गर्ने कोपिला बोहरालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया कोपिलाले चार युवतीहरुबाट २ लाख ४१ हजार ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सशस्त्र प्रहरीको असई हुँ। शसस्त्रमा जागिर लगाईदिन्छु’ भन्दै मञ्जु बुढाथोकीको नाममा बालाजुमा बस्दै आएकी बोहराले दैलेखकी राधा शाहिसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, बिमला खड्कासँग १५ हजार र जुना कुमारी खड्कासँग १९ हजार ठगी गरेको बताईएको छ ।

प्रहरीले बोहरालाई आइतबार बालाजुस्थित लोकतान्त्रिक चोकबाट नियन्त्रणमा लिएको हो । पीडितहरुलाई विश्वास दिलाउनका लागी बोहराले सशस्त्र प्रहरीको युनिफ.र्म लगाएको फोटो समेत देखाएर विश्वास दिलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!