काठमाडौं, वैशाख १३ – झण्डै १२ सय किलोमिटर दूरी पार गर्दै बंगलादेशबाट दुई वटा यात्रुवाहक बस बिहीबार काठमाडौं हुँदै धुलिखेल पुगेका छन् । बिहीबार बिहान चितवनको सौराहाबाट छुटेका बस काठमाडौं हुँदै धुलिखेल पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बीबीआइएन सम्झौताअनुसार परीक्षणका
रुपमा बस सञ्चालन गरिएको हो । बंगलादेश, भुटान, भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्न सन् २०१५ को जुन १५ मा बीबीआईएन मोटर भेहिकल सम्झौता भएको थियो । बीबीआईएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने भन्दै स्तरोन्नती गरिरहेको छ ।