Thursday, June 17, 2021
Home > समाचार > रवीन्द्र पत्नी विद्यालाई प्रधानमन्त्री ओलीले गरे यस्तो प्रस्ताव – पुरा हेर्नुहोस

रवीन्द्र पत्नी विद्यालाई प्रधानमन्त्री ओलीले गरे यस्तो प्रस्ताव – पुरा हेर्नुहोस

काठमाडौं, २० फागुन । नेकपा नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई यतिबेला पतिशोकमा छिन् । पर्यटनमन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो । अधिकारीसँगै सातजनाले ज्यान गुमाएका थिए ।

अधिकारीको निधनपछि कास्की २ मा सांसद पद रिक्त छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकारीले कास्की २ बाट चुनाव जितेका थिए । आफ्ना जनप्रतिनिधि अधिकारीको निधनपछि कस्केली जनता गहिरो शोकमा छन् । संविधानमा रिक्त रहेको ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने प्रावधान छ ।

सोही कारण प्रधानमन्त्री केपी ओली कास्की २ मा उपनिर्वाचन तात्तातै गराउने तयारीमा जुटेका छन् । यसका लागि उनले निर्वाचन आयोगलाई निर्देशन दिइसकेको र रवीन्द्र श्रीमती विद्या भट्टराईलाई चुनावको तयारी गर्न सन्देश पठाएको समाचार स्रोतले जनाएको छ । यो शोक ताजा रहँदै उपनिर्वाचन गराउन सके चुनाव जित्न सजिलो हुने जोडघटाउमा ओली रहेको बुझिएको छ ।

स्रोतका अनुसार हेलिकोप्टर दुर्घटना भएको खबर सुनेको केही घन्टापछि नै प्रधानमन्त्री ओली विद्या भट्टराईलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए । त्यतिबेलासम्म श्रीमती भट्टराईले बैंगलोरमा रहेका जेठा छोरालाई टेलिफोन गरी बोलाइसकेकी थिइन् भने पोखरामा रहेका सासू सुसुरा तथा कान्छा छोरालाई फोन गर्दै धैर्य गर्न आग्रह गरिसकेकी थिइन् ।

प्रधानमन्त्री ओली पुगेर भने– ‘चुनाव लड्ने मनस्थिति बनाऊ ।’ पहिलो भेटमै यति हतारमा ओलीले चुनाव लड्ने मनस्थिति बनाउन किन आग्रह गरे ? भन्ने कुराको भेउ त्यहाँ उपस्थित भएका आफन्तजन तथा साथीहरूले पाउन सकेनन् ।

ओलीले पहिलो भेटमै विद्यालाई चुनावी तयारीका लागि आग्रह गर्नुको मुख्य कारण वामदेव गौतम फोविया थियो । कतै वामदेव गौतमले विद्याको मुखबाटै आफ्नो उम्मेदवारीको उद्घोष गराइदिने त होइनन् ? भन्ने त्रासका कारण प्रधानमन्त्री ओलीले यस्तो हतार गरेको नेकपा स्रोतले जनाएको छ ।

रवीन्द्रकी श्रीमती विद्या विगत डेढ दशकदेखि आरआर क्याम्पसमा प्राध्यापन गर्छिन् । त्यसअघि उनी अनेरास्ववियुकी सचिवालय सदस्यसम्म भएकी थिइन् । स्कुल पढ्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय विद्या र रवीन्द्रको चिनजान राजनीतिमा सक्रिय रहेकै बेला भएको हो । विवाह हुँदा रवीन्द्र अनेरास्ववियुको महासचिव र विद्या सचिवालय सदस्य थिए । विद्या प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईकी बहिनी हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!