Friday, June 18, 2021
Home > समाचार > छातीमा गोली लागे पछी नेपाली सेनाका जवानको मृत्यु – पुरा हेर्नुहोस

छातीमा गोली लागे पछी नेपाली सेनाका जवानको मृत्यु – पुरा हेर्नुहोस

काठमाडौँ : आफ्नै साथमा रहेको बन्दुक पड्किएर सेनाका एक जवानको मृत्यु भएको छ ।धनकुटाको सल्लेरीमा आफैंले बोकेको बन्दुक पड्किएर सेनाका जवान डोटीका चेतराज जोशीको मृत्यु भएको हो। मृतक जोशी धनकुटाको सल्लेरीस्थित बरख गणमा कर्तारत रहेको बताइएको छ।उनी गएराती डयुटीमा खटिएको समयमा आफैंले बोकेको बन्दुक पड्किएर मृत्यु भएको बताइएको छ।

गोली लगेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।प्रहरी अधिकारीहरुले गरेको प्रारम्भिक अनुसन्धानबाट मृतक जोशीले आफैले बिपोस्ट गराएको हुनसक्ने अनुमान गरिएको छ। उनले बोकेको एम १६ राइफलले आफ्नै छातीमा गोली हानेको बताइएको छ। उक्त घटनाबारे थप अनुसन्धान भईरहेको एसपी गुरुङले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!