Saturday, June 19, 2021
Home > समाचार > बयान नबदल्ने भनेका पाइलटले भारत आउनासाथ यसरि कुरा फेरे पछी सबै परे चकित, पाकिस्तान बारे लाए यस्तो पोल

बयान नबदल्ने भनेका पाइलटले भारत आउनासाथ यसरि कुरा फेरे पछी सबै परे चकित, पाकिस्तान बारे लाए यस्तो पोल

काठमाडौं। पाकिस्तानले भारतलाई सुम्पेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानले भारत आउनेबित्तिकै बयान बदलेका छन् । उनले आफूलाई पाकिस्तानमा मानसिक यातना दिइएको बयान दिएका छन् । यसअघि पाकिस्तानी सेनासँगको कुराकानीमा भने उनले पाकिस्तानी सेनाले आफूसँग निकै राम्रो व्यवहार गरेको बताएका थिए । उनले भनेका थिए ‘म रेकर्डमै रहनेगरी भन्छु यहाँ मलाई निकै राम्रो व्यवहार गरियो । आफ्नो देश फर्किएँ भने पनि मेरो बयान बदलिने छैन । म मेरो सेनाले पनि यस्तै व्यवहार गरोस् भन्ने चाहन्छु ।’

उनको यो भनाइ रेकर्डमै छ तर भारत आएको २४ घण्टाभित्रै उनले आफ्नो यो बयान बदलेर आफूलाई पाकिस्तानमा यातना दिइएको बताएका हुन् । उनले पाकिस्तानमा आफूलाई शारीरिक यातना नपदइए पनि मानसिक यातना दिइएको बताएका हुन् । शनिबार उनीसँग रक्षामन्त्री निर्मला सीतारमणले भेटघाट गरेकी थिइन् । यस क्रममा अभिनन्दनले यसअघि पाकिस्तानमा दिएको बयान बदल्दै आफूलाई यातना दिइएको बताएका हुन् । अहिले उनलाई स्वास्थ्य जाँचको लागि दिल्लीमा राखिएको छ । यस क्रममा उनीसँग परिवारका सदस्य, आफन्त, वायुसेनाका अधिकारीले कुराकानी गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!