Friday, March 5, 2021
Home > समाचार > राजधानीबाटै अायो विप्लव माअोवादीलार्इ यस्तो दुःखद खबर

राजधानीबाटै अायो विप्लव माअोवादीलार्इ यस्तो दुःखद खबर

काठमाडौं, १३ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सहायक संगठन योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष पक्राउ गरेका छन् । विवस राई भनिने बाबुराम किरातीलाई प्रहरीले काठमाडौंमा बिहीबार पक्राउ गरेको हो । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोगमा अध्यक्ष राईलाई पक्राउ गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । योङ रेड फोर्स नेपालका महासचिव पाटन

जंगलीले विज्ञप्ति जारी गरेर पक्राउ परेका अध्यक्ष राईलाई रिहाइको माग गरेका छन् । त्यसैगरी प्रहरीले नेकपाको केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय, काठमाडौं जिल्ला कार्यालयका सचिव ‘सफल’ र ललितपुर जिल्लाका सेक्रेटरी विपिन क्षेत्रीलाई पक्राउ गरेको छ ।

यसैबीच, नेकपाको भक्तपुर जिल्ला जनसरकार प्रमुख कृष्णराम खड्काले पार्टी परित्याग गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी गरेर विप्लव नेतृत्वको नेकपाका सबै जिम्मेवारीबाट बाहिरिएको जनाएका हुन् ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका निवासी खड्का नेकपा परित्यागसँगै नेकपा (माओवादी केन्द्र)मा प्रवेशको तयारी गरेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *