Friday, January 21, 2022
Home > समाचार > दुखद खबर : भारतमा फेरि नेपालीको हत्या, शेयर गरेर आफन्त सम्म पुर्याई दिन अनुरोध

दुखद खबर : भारतमा फेरि नेपालीको हत्या, शेयर गरेर आफन्त सम्म पुर्याई दिन अनुरोध

भारतमा एक नेपालीको हत्या दुखद खबर…… 😥 भारतमा फेरि नेपालीको हत्या,
तारिक ०१/०३/२०१९ को दिन शिखर नगरपालिका वडा नम्बर ५ गैनिगाउ बस्ने खगेन्द्र बहादुर महरको भारतको बेङ्लोर मैसुर रोड मुन्डिया भन्ने ठाउमा ६ दिन देखि लापाता रहेको र आज ७ दिनमा पानीको तलाउ मा मरेको लास फेला परेको छ, दिनहु बढदो नेपालीको हत्या हुदै छ सम्बधित निकाय मौन छ, प्रबास का सम्पुर्ण सङ सस्था र सम्पुण नेपालीहरु ले शेयर गरेर उनको आफन्त सम्म पुरानको लागि सक्दो शेयर गरेर सयोग गर्न हार्दिक अनुरोध गर्दछौ,

याे पनि पढ्नु हाेस्

मृतकका आमा बाबु होसमा आएनन् ? श्रीमति भाई बहिनीहरु अस्पतालमै मुर्छा परे- हेर्नुहोस (भिडियो सहित)

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको २४ घण्टा नाघिसक्दा पनि आफन्तहरुले शव हेर्नसमेत पाएका छैनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्ट अगाडि आफन्त दिनभर कुरेर बसे । रुँदारुँदै आखाँ रातो भएको थियो उनीहरुको । कुर्दाकुर्दै धैर्यताले सीमा नाघिसकेको । उनीहरु यताउता गरिरहेका थिए। छिनमै घडी हेर्थे त छिनमै फोन डायल गर्थे । पीडाको छटपटी स्पष्ट देखिएको थियो ।

सबैलाई प्रतिक्षा गर्न अत्यन्तै कठिन भइरहेको थियो। बोल्न गाह्रो भइरहेको अवस्थामा पत्रकारहरुलाई अन्तर्वार्ता दिनुपरेको थियो। उनीहरुले आँसु झार्दै बोलेको क्यामेरामा रेकर्ड भइरहेको थियो । बिहीबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा मुसुक्क हाँसेका आङछिरिङ शेर्पाको फोटो राखेर सजाइएको गाडी पुगिसकेको थियो ।

दिउँसो बल्ल त्रिभुवन विमानस्थलमा शव लिएर आएको सेनाको हेलिकप्टर ल्याण्ड भयो । यता शिक्षण अस्पतालमा सुरक्षाकर्मीहरु तैनाथ भए । शव कुर्दै बसेको भीड सम्हाल्न प्रहरीलाई हम्मे हम्मे पर्‍यो । महिलाहरु फेरि डाँको छोडेर रुन थाले । पत्रकारहरुको क्यामेरा उनीहरुतिर तेर्सियो । उनीहरुले रुँदै भने— नखिच बाबु, नखिच । हामीलाई छुट्टै तनाव छ । रुवाबासीको आवाज झन ठूलो सुनियो । हिजो मृत्यु भएका सुरक्षाकर्मी अर्जुन घिमिरेकी बहिनी ईन्दिरा पौडैल बिलौना गर्न थालिन्, ‘दाइलाई सञ्चो थिएन् । मन्त्रीज्यूले तिमी नै जानु पर्छ भनेपछि उहाँ जानुभएको थियो ।’

त्यसको केही क्षणमै एयरपोर्टबाट सातवटा एम्बुलेन्स आए । फरेन्सिक विभागको गेटमा एम्बुलेन्स पालैपालो रोकिए । मृतकको शव बुझ्न गएका आफन्तहरुलाई गेटमै लगिएको थियो । तर, अनुहार हेर्न पाइला कि भन्ने आशाले त्यहाँ पुगेका उनीहरुले आफन्तको अनुहार देख्न पाएनन्। प्लाष्टिकमा पोको पारेर ल्याइएको शव आफन्तले चिन्न सक्ने स्थितिमा थिएन । त्यो देखेर उनीहरुले मन थाम्न सकेनन्। झन डाँको छोडेर रुन थाले। शव हेर्न नसकेर रुँदै त्यहाँबाट निस्किए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!