Thursday, June 17, 2021
Home > समाचार > अलविदा रविन्द्र ! पत्नी र जेठो छोराले दिए दागबत्ती, अस्ताए मन्त्रि रविन्द्र अधिकारी

अलविदा रविन्द्र ! पत्नी र जेठो छोराले दिए दागबत्ती, अस्ताए मन्त्रि रविन्द्र अधिकारी

पोखरा – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शुक्रवार गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । ताप्लेजुङमा बुधवार भएको दुर्घटनामा परी निधन भएका अधिकारीको पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई श्रीमती विद्या भट्टराई र जेठा छोरा विराज अधिकारीले दागबत्ती दिएका छन् ।

त्यसअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पोखराकै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको थियो । अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरूपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले समेत श्रद्धाञ्जलि दिए । काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि दिएर अधिकारीको शव शुक्रवार नै गृहनगर पोखरा लगिएको थियो । ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!