Friday, June 18, 2021
Home > समाचार > श्रद्धाञ्जली शभामा मन्त्री अधिकारीकी आमाले छोराको मुख हेर्न खोज्दा….(भिडियो)

श्रद्धाञ्जली शभामा मन्त्री अधिकारीकी आमाले छोराको मुख हेर्न खोज्दा….(भिडियो)

पोखरा। ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायत लागि हजारौँ सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

उक्त श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री अधिकारीका आमाबाबु लगायत परिवारका अन्य सदस्यहरु पनि उपस्थित थिए। हेर्नहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!