Thursday, June 17, 2021
Home > समाचार > पाकिस्तानमा पक्राउ परेका वायु विमानका पाइलटका छोरालाई पाकिस्तानी सेनाको यस्तो मन छुने पत्र

पाकिस्तानमा पक्राउ परेका वायु विमानका पाइलटका छोरालाई पाकिस्तानी सेनाको यस्तो मन छुने पत्र

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्ने बताएको छ ।बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् । यसैक्रममा पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र लेखेको छ ।पाकिस्तानी सेनाले अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरेको छ ।

पत्रमा – ‘हाइ लिटिल बन्नी १ बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू । उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन रु उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए रु उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ रु उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ रु घृणा कि माया रु उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ रु म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू । लेखिएको छ मानवता प्रेमी ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!