Thursday, June 17, 2021
Home > समाचार > पर्यटनमन्त्री अधिकारी सहित सातै जनाको शव परीक्षणको लागि शिक्षण अस्पताल पुर्याइयो (तस्विर सहित)

पर्यटनमन्त्री अधिकारी सहित सातै जनाको शव परीक्षणको लागि शिक्षण अस्पताल पुर्याइयो (तस्विर सहित)

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरूको शव काठमाडौँ आइपुगेको छ।ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरले सातै जनाको शव काठमाण्डौ ल्याएको हो । बुधवार र विहिवार गरेर घटनास्थलवाट सातै जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो ।सेनाको एमआई १७ हेलिकोप्टरमार्फत शवहरु काठमाडौँ ल्याइएको हो।परीक्षणको लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जनाको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइसकिएको छ।

त्रिभुवन विमानस्थलबाट सबैको शव पोस्टमर्टम र परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।निधनहुनेहरु मध्ये दुई जनाको मात्र अनुहार र कपडाबाट पहिचान भएको छ भने अन्य ५ जनाको भने पहिचान हुन सकेको छैन। पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान हुन सकेको बताइएको छ।

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!