Tuesday, January 18, 2022
Home > समाचार > हेलिकोप्टर दुर्घटनाबारे उपसचिव प्रेम संजेलको सनसनीपूर्ण नयाँ खुलासा – भिडियो हेर्नुहोस

हेलिकोप्टर दुर्घटनाबारे उपसचिव प्रेम संजेलको सनसनीपूर्ण नयाँ खुलासा – भिडियो हेर्नुहोस

काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद संजेलले पर्यटन मन्त्रि रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा समबेदना प्रकट गर्दै दुर्घटना हुनुमा नीतिगत भ्रष्ट्राचार नै मूल कारण रहेको दावी गरेका छन्।

मौसम प्रतिकुल रहेको अवस्थामा कसले हेलिकप्टर उडान गर्न अनुमति दियो भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। काठमाडौँबाट उड्दै गर्दा मौसमबारे जानकारी भएपनि लापरवाहीपुर्वक तेह्रथुमको चुहानडाँडा जानु र चुहानडाँडाबाट ताप्लेजुङको पाथिभरा जानुले दुखद घटना घटेको बताए।

नेपालीहरु जे भन्छन त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन् भन्दै उपसचिव संजेलले यसकारण नै नेपाल पछि परेको बताए। विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका उपसचिव संजेलले प्रधानमन्त्री, सामान्य प्रशासन मन्त्री, श्रम मन्त्री र सचिव बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने बताएका छन्।

आफुले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित र सचिव महेश दाहाललाई चुनौती समेत दिएका छन्। भिडियो हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!