Thursday, June 17, 2021
Home > समाचार > पर्यटनका हस्ती थिए हेलिकप्टर दुर्घटनामा परी निधन भएका शेर्पा, जो एति एअरलाइन्सका संचालक पनि हुन्

पर्यटनका हस्ती थिए हेलिकप्टर दुर्घटनामा परी निधन भएका शेर्पा, जो एति एअरलाइन्सका संचालक पनि हुन्

काठमाडौँ नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती हुनुन्थ्यो ।

उहाँले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । यति एयरलाइन्सका प्रबन्ध निर्देशकशेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहनुभएको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिनुभयो ।

शेर्पाले थामशेर्कु ट्रेकिङको काकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गर्नुभएको थियो । उहाँको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । अन्ठाउन्न वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङग्ुममा जन्मनुभएका शेर्पाका श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!