Sunday, June 20, 2021
Home > समाचार > भोलि राष्ट्रिय शोकको घोषणा,मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने

भोलि राष्ट्रिय शोकको घोषणा,मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

मन्त्रिपरिषद्‍ हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिकविदा दिइनेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!