Sunday, June 20, 2021
Home > समाचार > फेरि भारतले लियो बदला, भयो यस्तो घमासान हमला – पुरा हेर्नुहोस

फेरि भारतले लियो बदला, भयो यस्तो घमासान हमला – पुरा हेर्नुहोस

काठमाडौं। भारतले पनि पाकिस्तानको एउटा लडाकू विमान खसालेको जनाएको छ । सीमाबाट ३ किलोमिटर भारतीय एयरस्पेसमा आएको पाकिस्तानी एफ–१६ लडाकू विमान खसालिएको भारतीय मिडियाले जनाएका छन् । भारतले विमानमा आक्रमण गरेपछि विमानबाट एक पाइलट प्यारासुटबाट ओर्लिएको देखिएको भए पनि उनको स्थिति अज्ञात रहेको समाचारमा जनाइएको छ । लगातार भिडन्तका कारण भारतले लेह, जम्मु, श्रीनगर र चण्डीगढ गरी ४ विमानस्थल पूर्ण रुपमा बद गरेकोछ । यहाँका सबै उडान रद्द गरिएका छन् ।

यसअघि पाकिस्तानले भारतीय वायुसेनाका २ लडाकू विमान खसालिदिएको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीटरमार्फत आफूहरुले २ भारतीय वायुसेवाका विमान खसालिदिएको बताएका छन् । उनका अनुसार एउटा विमान पाकिस्तान नियन्त्रित आजाद जम्मु कश्मिरमा खसेको र अर्को विमान भारत नियन्त्रित कश्मिरमा खसेको छ ।

गफुरका अनुसार पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् । नियन्त्रण रेखा नाघेर पाकिस्तानी एयसस्पेसभित्र छिरेका दुई विमान खसालिएको हो । मेजर जनरल गफूरका अनुसार पाकिस्तानभित्र खसेको विमानका दुई पाइलटमध्ये एकलाई जीवित अवस्थामा पक्राउ गरिएको छ ।

विमानमा दुई पाइलट भए पनि अर्का पाइलटको मृत्यु भएको, उनी त्यही क्षेत्रमा कतै लुकेको वा भागेको बारे जानकारी प्राप्त भएको छैन ।

गएराती भारतीय सेना नियन्त्रण रेखा नाघ्दै पाकिस्तान प्रवेश गरेका थिए । यसअघि भारतीय वायुसेनाका विमानले पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) समेत पार गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा बम आक्रमण गरेको थियो ।

फेब्रुअरी १४ मा भारतको पुलावामामा आतंकवादी आक्रमणमा भारतीय सेनाका ४० जवान मारिएपछि यी दुई देशबीच युद्धको स्थिति सृजना भएको हो । यो आतंकवादी आक्रमणको जिम्मा भने आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!