Saturday, June 19, 2021
Home > समाचार > हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने केसी युवा भएपनि अनुभवी पाइलट थिए

हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने केसी युवा भएपनि अनुभवी पाइलट थिए

काठमाडौं- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ।हेलिकप्टर फुरुङ्गे सिस्नेखोला० नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए।

पाइलट केसी काठमाडौं ताहचल निवासी हुन्। उनी ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए। उनले साढे ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए।उनी युवा भएपनि अनुभवी पाइलट भएको बताइएको छ । केसीको परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसीसमेत छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!