Tuesday, January 18, 2022
Home > समाचार > हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठकका लागि बालुवाटार

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठकका लागि बालुवाटार

ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार रहेको बताइएको छ।

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, युवराज दाहाल, र अर्जुनकुमार घिमिरे सवार रहेको बताइएको छ। हेलिकप्टरमा सवार सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुष्टि गरेको छ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएका थिए।

दुर्घटनाको समाचार आइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठकका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!