Saturday, July 10, 2021
Home > समाचार > भर्खरै आयो दुहवीबाट यस्ताे दुखद खबर… ती आत्माले शान्ति पाओस…

भर्खरै आयो दुहवीबाट यस्ताे दुखद खबर… ती आत्माले शान्ति पाओस…

इनरुवा- सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो ।

 

 

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!