Tuesday, June 15, 2021
Home > समाचार > बाँसपछि फरुवा हानेर एकाबिहानै आफ्नै जेठी श्रीमतीको हत्या (भिडियोसहित)

बाँसपछि फरुवा हानेर एकाबिहानै आफ्नै जेठी श्रीमतीको हत्या (भिडियोसहित)

झापा । मेचीनगर १५ कछुवारीमा मंगलबार बिहान ६ बजे एक पुरुषले बाँसपछि फरुवा हानेर आफ्नी जेठी श्रीमतीको हत्या गरेका छन्।घरमा एक श्रीमानको दुई श्रीमती दुवै बीचमा एक आपसमा दैनिक जसो झगडा । त्यो झगडाको अन्तिम बिन्दुमा श्रीमानले जेठ्ठी श्रीमतीको आखिर निर्मम तरिकाबाट हत्या गरेका हुन्।

झापा मेचीनगर नगरपालिका १५ कछुवारीको मंगलबार बिहान घटेको घटना होे। स्थानिय ३४ वर्षीय लखिन्द्र राजवंशीले आफ्नो जेठ्ठी श्रीमतीको एका बिहानै निर्मम तरिकाबाट हत्या गरेकोे थिए।

श्रीमती ३४ वर्षीय चम्पा राजवंशीलाई हिहान ६ बजे सुरुमा बाासले टाउको प्रहार गरेका थिथए। त्यसपछि कोदालोले प्रहार गरि हत्या गरेकको छिमेकलिे बताए।

उनीहरुको अनुसार कान्छी श्रीमती सुनितलाई व्यवस्थित पक्का घर बनाएर राखिएको र जेठ्ठी श्रीमतीलाई चित्राको घरमा लामो समय देखि राखेको र चम्माले मजदुरी गरेर कुसि उठाएर घर बनाउन थालेकी थिइन्। टिनको छाना लगाउनका लागि श्रीमानलाई भनेकी थिइन्।

कान्छी श्रीमती सुनिता राजवंशी र चम्पाको हरेक दिनजसो झगडा हुने गरेको उनीहरुको भनाई छ। सोमबार दिउँसो जेठ्ठी श्रीमतिको नयाँ बन्दै गरेको घरमा टिन लगाइएको थियो। उनको घरमा सेतो रङको टिन लगाइएको थियो। त्यस अघि कान्छी श्रीमतीको अघिल्लो घरमा निलो खालको टिन लगाइएको थियो।

सोही टिन लगाइएको रात उनीहरुको झगडा भएको स्थानियहरुको भनाई छ। झगडा एकै खाल्को टिन लगाउने बिषयमा भएकै कारण रिसमा हत्या गरिएको हुन सक्ने प्रहरीको भनाई रहेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीले घटना भएकै केही समयमै घटना स्थलमा पुगेर मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरिक्षक टिकावहादुर कार्कीले बताए। हत्या गर्ने श्रीमानलाई म्याद थप गर्न जिल्ला पठाइएको र आवश्यक कारवाही अघि बढाइएको बताए।

यता मृतक चम्पा राजवंशीलाई पोष्टमाटम गरी घरमा ल्याई दहासंस्कार गरिएको छ। कान्छी श्रीमती भने घटना भएको केही बेर बाटै सम्पर्क विहिन बनेकी छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!