Wednesday, June 16, 2021
Home > समाचार > भारतको खिल्ली उडाउँदै पाकिस्तानी जनता, ट्वीटरमा लेखे ‘acरातीराती आए, टमाटर फालेर गए’ – ट्वीट सहित

भारतको खिल्ली उडाउँदै पाकिस्तानी जनता, ट्वीटरमा लेखे ‘acरातीराती आए, टमाटर फालेर गए’ – ट्वीट सहित

काठमाडौं। भारतले पाकिस्तान प्रशासित पीओकेमा जैश ए मोहम्मदको अड्डा ध्वस्त गारेको दावी गरेको छ । भारतीय लडाकू विमानले नियन्त्रण रेखा पार गरेको सूचना पहिले पाकिस्तानी सेनाका प्रवक्ताले नै दिएका थिए । त्यसपछि हलचल सुरु भएको थियो । उनले पाकिस्तानी एयसफोर्सको कारवाहीपछि भारतीय वायुसेना पछि हटेको बताए । अहिले यस विषयमा पाकिस्तान पनि तातेको छ ।

पाकिस्तानी नागरिक सामाजिक संजालमा आफ्नो एयरफोर्सको तारिफ गरिरहेका छन् कि पाकिस्तानी एयरफोर्सको तत्कालको कारवाहीपछि भारतीय वायुसेना पछि हट्नु पर्यो । पाकिस्तानमा ट्वीटरमा बालाकोट, पाकिस्तानी आर्मी र पाकिस्तानी एयरफोर्स ह्याशट्याग ट्रेण्ड गरिरहेको छ । पाकिस्तानीहरु यी तीन शब्दलाई ह्याशट्याग बनाएर ट्वीट गरिरहेका छन् ।

नय्याब कयानीले ट्वीटरमा लेखेका छन् ‘हामी सुतिरहेका थियौं तर हाम्रा जवान जागिरहेका थिए । अल्लाह उनहिरुको साथ दिनू ।’ अरसलन याकूबले लेखेका छन् ‘सय करोड हिन्दू हामीमाथि हमला गर्न तयार छन् तर हामी २० करोड पाकिस्तानी बिना कुनै चिन्ता पिएसएल हेरिरहेका छौं । यो जो ‘इत्मिनान’ छ यसको पछाडि फौजी ‘जवान’ छन् ।’ खुर्रम केटिएसले लेखेका छन् ‘भारतको तर्फबाट हवाइ आक्रमणको पहिलो जानकारी भारतका कृषि मन्त्रीले दिएका थिए । पत्ता लगाउ टमाटर फालेर त गएका छैनन् ?’ तल हेर्नुहोस् ट्वीटरमा पाकिस्तानीले के के लेखे ?

Leave a Reply

error: Please Dont Copy My Content!! !!