Wednesday, June 16, 2021
Home > समाचार > भारत र पाकिस्तान युद्धमा : नेपाललाई गम्भीर झट्का (तयारी अबस्थामा गोर्खाली सेना )

भारत र पाकिस्तान युद्धमा : नेपाललाई गम्भीर झट्का (तयारी अबस्थामा गोर्खाली सेना )

काठमाडौं। दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान पाकिस्तान नियन्त्रित कश्मीरमा हवाइ आक्रमण गरेको बताएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतले पाकिस्तान नियन्त्रित कश्मिरमा हवाइ आक्रमण गरेर ३ सय आतंकवादी मारेको दाबी गरेको छ । पाकिस्ताले भारतको दावीलाई अस्वीकार गरे पनि भारतीय वायुसेना आफ्नो सीमाभित्र छिरेर विष्फोटक खसाएको भने स्वीकार गरेको छ । उसले विष्फोटक पदार्थ खुला ठाउँमा खसेको बताएको छ ।

भारत–पाकिस्तानबीच कश्मिरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो । नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो ।

यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैश ए मोहम्मदका संस्थापक मसुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो । उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए ३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या भएक थियो भने अन्य धेरैलाई घाइते बनाइएको थियो ।

अहिलेको तनावमा संलग्न आतंकवादी संगठनले यसअघि नेपालबाटै विमान अपहरण गरेको इतिहास भएकोमा दुई दिनअघि मात्र बंगलादेशबाट विमान अपहरणको प्रयास भएपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । यी दुई देशबीचको तनावमा छिमेकी देश नेपालको भूमिको प्रयोग गरिने खतरा ठूलो हुन्छ । यही कारण सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!