Friday, June 18, 2021
Home > Uncategorized > उपमेयर तामाङलार्इ किस गर्न लगाउने यी कहाँका बहादुर हाकिमसाप हुन?

उपमेयर तामाङलार्इ किस गर्न लगाउने यी कहाँका बहादुर हाकिमसाप हुन?

धुलिखेल । काभ्रेको नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङले आफूलाई एक गैरसरकारी संस्थाका प्रमुखले चुम्बन मागेको खुलाशा गरेकी छिन् । मंगलबारजिल्ला प्रहरी कार्यलय काभ्रेको आयोजनामा भएको ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले यस्तो बताएकी हुन् ।

‘काभ्रेकै एक एनजीओ कार्यालयमा गएको थिएँ त्यस अफिसको कार्यालय सहयोगीले भित्र ‘हाकीमसाप’ले बोलाएको छ भने पछि भित्र जाँदा त्यस एनजिओका हाकीमले ‘मलाई एकचोटी किस गर न’ भने,’ ति एनजिओका अधिकारीको भनाई उदृत उपमेयर तामाङले भनिन्– ‘तर मैले उनको गलत नियतको विरुद्ध कानूनि उपचार गर्ने तिर लागेन ।’

उपमेयर तामाङले आफू एकल महिला भएकै कारण आफूलाई विभिन्न ठाउँहरूमा करणीको आशय देखाउने गरेको उपमेयर तामाङले बताइन् । ‘म उपमेयरमा निर्वाचित हुनु भन्दा अगाडी एनजीओमा काम गर्दा एउटा फोन आयो,’ उनले सुनाइन्– ‘म तपाईको संस्थालाई सहयोग गर्न चाहन्छु भन्यो र म भेट्न जादाँ उनले ३ करोड बजेट दिन्छु भने, तर मलाई त्यसको बदलामा गलत आशयको अपेक्षा राखेको रहेछ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!