Thursday, June 17, 2021
Home > Uncategorized > पाँचै जना छोराछोरी अपाङ्ग बनाएर भगवान यो कस्तो सजाय दियौं हामीलाई – भिडियो सहित

पाँचै जना छोराछोरी अपाङ्ग बनाएर भगवान यो कस्तो सजाय दियौं हामीलाई – भिडियो सहित

पथरी । सन्तान जन्मिएपछि सबै आमाबाबुले एकखाले सपना देखेका हुन्छन् । आफ्नो सन्तानले धेरै पढोस् अनि ठूलो मान्छे बन्नस । तर यहाँ जब जन्मीएका सन्तान हुर्कदै गए तब बा आमाको सानै भए पनि जागिर गरोस नत्र घरको काम सघाओस भन्ने सबै सपना मेटिदै गयो । यहाँ एक ढुङगाना परिवारमा एक दुई मात्र हैन ५ सन्तान अपाङगता छन । मोरङको इटहरा ७ सिक्किमे टोलका तुलसी र सृजना ढुंगानाको सपना पनि यो भन्दा फरक थिएन ।

दुई छोरा र तीन छोरीहरु अरू केटाकेटी जस्तो सामान्य देखिएन्न ५ जना नै अपाङगता देखिए । त्यसपछि उनीहरू भविष्यको सुखद कल्पना भन्दा पनि आफ्ना सन्तानको अवस्थादेखि चिन्तित भए । तुलसी र सृजना ढुंगाना दम्पतीका सात सन्तानमध्ये दुई सपाङ्ग भए पनि ५ जना भने मानसिक र शारीरिक रूपमा अपाङ्ग छन् । सुस्त मनस्थितिका निर्मला ३३, निर्मल ३२, उमेश २८, पवित्रा १९ र गोमा १७ वर्षकी रहेकी छन् ।

हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि भविष्यको सुख हैन दैनिक हातमुख जोह गर्न समेत समस्या भएको देखिन्छ । ५ सन्तानको हेरचाहमा दिनहरू बिताउनुपरेको तुलसी ढुङाना बताउछन । ढुंगाना आफै वृद्ध अवस्थाका छन त्यस्मा पनि चन्चले युवा अवस्थाका अपाङगता छोरा छोरी छन ।

तुलसीराम ढुङ्गानाको आम्दानीको स्रोत डेढ बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अँधिया लगाएका छन् । अँधियाबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन । खुवाउनेदेखि दिसापिसाब समेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैन्न ।

दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्त काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा उनी रहेकी छन् । सृजना तुलसीकी कान्छी श्रीमती हुन् । जेठी आफ्नै दिदीबाट पनि जन्मिएका दुई सन्तान अपांग जन्मिए । दिदीको मृत्युपछि मेरो विवाह भएको हो । तर आफूबाट जन्मेका पाँचमध्ये तीन सन्तान अपांग जन्मिएको उनले बताइन् ।राज्यले अहिले सम्म केहि सहयोग नगरेको तुलसीराम ढुङगाना बताउछन ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!