Friday, June 18, 2021
Home > खेलकुद > बुटवलकाे प्रभु बैंक रहेको भवनमा आगलागीकाे यस्तो दुःखद खबर

बुटवलकाे प्रभु बैंक रहेको भवनमा आगलागीकाे यस्तो दुःखद खबर

रुपन्देही । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवनमा आइतबार साझ आगलागी भएको छ । आइतबार राती ११ बजेको आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको प्रहरिले जनाएको छ ।

आगो बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रण लिएको थियो । सोही भवनमा लोयल समेत सन्चालनमा रहेको छ । आगलागीको प्रकृति हेर्दा बिन्दबासिनी फेन्सिबाट आगो लागेको जस्तो देखिएपनि अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइैरहेको ईलाका प्रहरि कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्लले बजनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!