Friday, April 16, 2021
Home > समाचार > पत्रकारको निधनले विश्वमै फैलायो यस्तो सनसनी !!

पत्रकारको निधनले विश्वमै फैलायो यस्तो सनसनी !!

गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, १३ वैशाख । दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ ।पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा इजरायली सुरक्षा फौजको गोली लागि घाइते भएका थिए । ।

गाजाका स्वास्थ्य मन्त्रीले तेल अभिभ नजिकै रहेको स्हेबा अस्पताललाई उद्धृत गर्दै भने, “पत्रकार हुसेनको इजरायली क्षेत्रमा रहेको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।”

पत्रकार हुसेनका दाजु दिआ हुसेनले मृत शरीरलाई अन्त्येष्टिका लागि गाजा ल्याइन लागेको बताए ।

इजरायली सीमा क्षेत्रमा विगत एक महिनादेखि प्रदर्शन गर्ने क्रममा कम्तिमा ४० प्यालेष्टिनीले ज्यान गुमाएका छन् भने पाँच हजार भन्दा बढी घाइते भएका छन् । – एएफपी

Leave a Reply