Wednesday, June 16, 2021
Home > समाचार > मध्यविन्दुमा रहेको एनसेलको टावरमा विस्फोट पछि आगजनी

मध्यविन्दुमा रहेको एनसेलको टावरमा विस्फोट पछि आगजनी

फाल्गुण ११, नवलपरासी । पूर्बि नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्ररामा रहेको एनसेलको टावरमा विस्फोट पछि आगजनी हुदाँ टावरको केही भाग जलेर ध्वस्त भएको छ। शुक्रबार राती करिब ९ बजे एन।सेल।को टावरमा आगजनी भएको नवलपुर प्रहरीले जनाएको छ । नवलपुर प्रहरीका अनुसार विस्फोटबाट ऐनसेलको टावर ध्वस्त भएको छ ।

 

विस्फोट पछि आगो लागेको ऐनसेलको टावरको आगो नियन्त्रण एक घण्टामै प्रहरीले लिएको थियो । अहिले आगजनी भएको त्यो टावरले काम गरेको छैन । शुक्रबार एक्कासी देशका विभिन्न स्थानमा एनसेलको टावरमा वमविस्फोट तथा आगलागीको घटना भएका छन् ।

नवलपुर क्षेत्रमा भने शुक्रबार साँझ ५ बजेदेखि केही घण्टा एनसेलको नेटवर्कले काम गरेको थिएन् । टावर कसले र किन ध्वस्त पारेको थाहा नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!