Friday, June 18, 2021
Home > खेलकुद > धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियाले उचाल्यो – पुरै खेलको भिडियो हेर्नुहाेस्

धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियाले उचाल्यो – पुरै खेलको भिडियो हेर्नुहाेस्

काठमाडौंः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ । शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको महेन्द्रनगरले २० ओभरमा सबै विकेट गुमाएर १२३ रन जोडेको थियो । अत्तरियाका लागि सन्नी पट्टेलले सर्वाधिक रन जोडे । १२४ रनको लक्ष्य पछ्याएको अत्तरियाले ३ विकेटको जित दर्ता गरेको हो ।

पहिलो ब्याटिङ गरेको महेन्द्रनगरका लागि सर्वाधिक ४३ रन दिलिप नाथले जोडे। उनले ४१ बलको सामना गरेका थिए। कुशल मल्लले २२ बलमा २५ रन जोडे भने रोहितकुमार पौडेलले २० बलमा २४ रन जोडे । ओपनर मोहम्मद नाभिदले ५ बलमा १० रन बनाए।

उपाधिसँगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

पुरै खेलकाे भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!