Sunday, June 20, 2021
Home > समाचार > नख्खु बम विस्फोटः मृतकका आफन्तले शव बुझ्न मानेनन्

नख्खु बम विस्फोटः मृतकका आफन्तले शव बुझ्न मानेनन्

ललितपुर: शुक्रबार साँझ नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटमा परि ज्यान गुमाएका सिंहप्रसाद गुरुङका आफन्तले शव बुझ्न मानेका छैनन् । शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेर विस्फोटमा परी मृत्यु भएकाको परिवारलाई राहत स्वरुप सरकारले रकम उपलब्ध गराउन दिएको मौखिक आश्वासनले नपुग्ने भन्दै आफन्तले शव नबुझेका हुन् ।

उपचारकै क्रममा मृत्यु भएका गुरुङको शव लैजानका लागि अस्पतालले आग्रह गर्दा परिवारका सदस्य र आफन्तहरुले सरकारको प्रतिवद्धतालाई मात्र विश्वास नगर्ने भन्दे लिखित रुपमा सरकारबाट नआइकन शव नलैजाने जनाएका छन्।

विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए। घाइते मध्ये गुरुङको मृत्यु भएको छ भने काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर र वि बाग्डोलकी २६ वर्षीया प्रतीक्षा खड्काको उपचार भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!