Wednesday, May 12, 2021
Home > समाचार > १२ वर्षीय छोरोले आमाका क्रेडिट कार्ड चोरेर यस्तो काम गर्यो

१२ वर्षीय छोरोले आमाका क्रेडिट कार्ड चोरेर यस्तो काम गर्यो

रोचक । बाल्यअवस्थामा चकचके स्वभाव हुनु मानव कला मानिन्छ । हामी तापईले पनि वाल्यअवस्थामा सानातिना बदमासी तथा चकचके स्वभावको अनुभव गरेको हुनुपर्छ । तर कतिपय बालबालिकाहरु अलि बढी नै उटपट्याङ मचाउने स्वभावका हुन्छन् । जुन कल्पना समेत गर्न सकिन्न । यस्ता बाच्चाहरुको दिमागमा सैतानले बास गरेको हुन्छ भन्ने जनविश्वास छ । अर्थात् बोलीचालीको भाषामा यस्ता

बालकलाई खुरापाती दिमागको संज्ञा दिने गरिन्छ । अनि यस्ता बच्चाहरुलाई सही सल्लाह दियो भने उल्टो अर्थ लगाउँछन् । र सल्लाहको बिपरीत कामा गरेरै छोड्छन् ।आज हामी तपाईलाई यस्तै एउटा बच्चाको रोचक घट्नाका बारेमा जानकारी गराउँदै छौं । यो बच्चालाई एउटा सानो कुरा चित्त नबुझ्दा यस्तो काम गर्छ जसका कारण विश्वको नजरमा नोटिस भएको छ । सिडनीमा बसोबास गर्ने १२ वर्षीय यो बालकले आफ्ना आमा-बुवाको के्रडिट कार्ड चोरि गर्छ ।

अनि त्यसपछि यो बालकले चालेको साहसीक कदमका बारेमा तपाईले थाहा पाउनु भयो भने अचम्म मान्नु हुनेछ । यो बालकले आफ्नी हजुरआमालाई झुक्याएर आफ्नो पासपोर्ट लियो र एक्लै बिदा मनाउन बाली गयो । खासमा उ आफ्नो घरमा एउटा झगडाका कारण टेन्सनमा थियो । यसकै कारण उसले एती ठूलो कदम चालेको हो । खास कुरो के हो भने उसकी आमा र उ बीच बिबाद भएको थियो । आमा उसलाई बाली जान दिने पक्षमा थिइनन् । यो झगडाका कारण उसमा रिसले घर बनायो र उसले कसैलाई जानकारी नगराएरै बाली घुम्न जाने निधो गर्छ ।

यसका लागि उसले के्रडिट कार्ड चोरि गर्छ र बालीस्थित एक आरामदायी होटेलमा कोठा पनि बुक गर्छ । परिवारका सदस्यलाई स्कुल जाने भन्दै निस्किन्छ र स्कुटर समातेर रेलवे स्टेशन पुग्छ । अनि एयरपोर्ट तिरको यात्रा गर्छ । उसले पर्थका लागि फ्लाइट समात्छ र इंडोनेशियाको यात्रा तया गर्छ । पर्थ एयरपोर्टमा उसलाई बिभिन्न प्रश्न पनि सोधिन्छ । स्टाफले उसँग १२ वर्ष भन्दा बढी उमेर खुलेको परिचयपत्र पनि माग गर्छ ।

उसले विधार्थी परिचयपत्र र पासपोर्ट देखाउँछ । समातिए भने के परिणाम होला भन्ने कुरामा उसले कुनै ध्यान तथा चिन्ता लिदैन । बालीमा उसले होटर रुममा प्रवेश गर्छ र भन्छ उसकी दिदी पनि आउँदै छिन् । स्टाफलाई संका नलागोस् कि उ एक्लै छ भन्ने उद्धेश्यले यस्तो भन्छ । उसका आमाबावुले त्यसबेला थाहा पाउँछन् जब स्कुलले उ कक्षामा अनुपस्थित रहेको जानकारी गराउँछ । अनि परिवारले उसको खोजी गर्न थाल्छ ।

छोरो बालीमा भएको थाहा पाएपछि आमा एमा उसलाई लिन त्यहाँ पुग्छिन् । आमा चिन्तित हुन्छिन् । छोरोसँग बिबाद गरेकोमा उनलाई दुख लाग्छ । आमा एमाका अनुसार उनको छारोलाई कुनै पनि कुरामा हुँदैन भन्ने शब्द सुन्ने बानी छैन जसका कारण उसले यत्रो ठूलो कदम उठायो । सुन्दा यो घट्ना एउटा कथा जस्तै लाग्छ तर यो घट्ना सत्य हो ।

Leave a Reply