Thursday, June 17, 2021
Home > प्रवास > युएईबाट एक नेपाली चेलीको विलौना: मलाई माया जालमा पारेर मेरो सम्पूर्ण लुट्यो

युएईबाट एक नेपाली चेलीको विलौना: मलाई माया जालमा पारेर मेरो सम्पूर्ण लुट्यो

पीडित सिमा लामिछानेको अभिव्यक्ति जस्ताको त्यस्तै: नमस्कार म धेरै समस्य मा परेको छु सुन्दर सपना बोकि दुबई आएको थिए तर आज एक पापी मान्छेले मलाई न घरको न घाटको पारेको छ|म भिजिट भिसामा आएको पनि करिब ४/५ बर्ष भयो घरमा काम पाएको थिए दुख कष्ट कामपनि थिकै चलेको थियो अलि बढी दु:ख भएर मैले उहालाई भने उहाँले बाहिर काम खोजिदिनु भयो काम पनि पाए भन्नू भयो अनि हामी दुबैजनाले काम गर्न थाल्यौं हाम्रो रूम एउटै ल्यायौ ।


हामी बिच श्रीमती/श्रीमान को जस्तो माया बड्यो र हामी दुबैले सङ्गै पैसा कमाएर नेपाल गएर जीवन बिताउने बाचा भयो । हामी सगै खाने सगै सुत्ने ले गर्दा बढी विस्वास निकै बड्यो हाम्रो सम्बन्ध ६/७ महिना चल्यो मैले सबै कमाएको पैसा गरगहना उहालाई नै दिन्थे र एकदिन अचानक उहाले सबै सामान कपडा पैसा गहना हरु सबै गाडीमा हालेर जानू भएछ यो कुरा मेरो एकजना गोर्खा को दि दि ले भन्नू भयो त्यतिखेर मान्छे सम्पर्कबिहिन भयो हामिले धेरै खोज्यौ फोनगर्यौ उहाको आफन्त हरुलाइ उहाँकै बुढिलाइ पनि यो कुरा थाहा थियो ।

मलाई धेरै टेन्सन पर्न थाल्यो साथमा पैसा छैन सारै बिरामी परे उहालाइ गोर्खा को दिदिले पनि धेरै फोन कोसिस गर्दा बल्ल एकदिन फोन लाग्यो मैले आफ्नो कुरा सबै सुनाए उहाले भन्नू भयो हाम्रो सम्बन्ध घरमा सबैलाई थाहा भयो अब हामी छुट्टीएर बस्नु पर्छ भन्यो त्यसदिन देखि उ सम्पर्क बिहिन छ मेरो मैले सबै कमाएको धन पैसा सबै लुट्नु सम्म लुट्यो म संघ अहिले लगाउने लुगा पनि छैन खाने पनि छैन रूम भाडा तिर्ने पनि छैन,बिरामी छु मेरो जीवन मा आगो लगाइदियो यो झलक मगर भन्ने मान्छे सारै पापी रहेछ।

चिल्लो कुरा गरेर मलाइ बर्बाद पर्यो म नेपाल एम बि सि मा पनि धेरै पटक धाए तर मेरो कुरा कसैले सुनेन् हुन्छ भनेर मार्तै टारी दिए मेरो अबस्था नैकै कम्जोर हुदैछ बिरानो देशमा नत पैसा नत आफन्त भको छु के म एसरी मर्ने हो त्यो पापीलाई सजाय दिनु पर्यो मेरो पैसा असुल गरिदिनु पर्यो म मर्ने बाच्ने थाहा छैन सम्पुर्ण मिडिया बाट सहयोग को अन्तिम अपेक्षा राखेको छु ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!