Wednesday, June 16, 2021
Home > अपराध > पाकिस्तानीले श्रीमतिबाट छुट्कारा पाउन भारतको सीमातिर धकेलिदिएपछि भारतीय सेनाले गर्य‍ो यस्तो

पाकिस्तानीले श्रीमतिबाट छुट्कारा पाउन भारतको सीमातिर धकेलिदिएपछि भारतीय सेनाले गर्य‍ो यस्तो

एजेन्सी। कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि यहाँ एउटा अत्यन्तै दुःखद् घटना भएको छ ।भारतिय मिडियाका अनुसारएक पाकिस्तानी युवकले आफ्नी श्रीमतीबाट छुटकारा पाउन चाहेपछि ति युवकले आफ्नी पत्नीलाई भारतिय सिमा धित्र धकेलिदिएका छन् ।

सिमामा धकेलिए लगत्तै भारतीय सेनाले उनलाई गोली हानेर घाइते बनाइदिएको छ । उनलाई अस्पतालमा भर्ना गरिएको छ । यता भारतले भने महिलालाई जासुसीको लागि पठाइएको आशंका गरेको छ ।महिलासँगबाट एउटा फुटेको मोवाइल भेटिएको छ ।

महिलाले भने आफू सीमानजिकैको गाउँकी भएको बताएकी छिन् । उनका पतिले उनीसँग पिछा छुटाउन चाहेको र अहिले दुई देशबीच स्थिति बिग्रिएको बेला उनलाई जबरजस्ती भारतीय सीमाभित्र धकेलिदिएको बताएकी छिन् । महिलाको उपचार भएपछि उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने तयारी गरिएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!