Tuesday, January 18, 2022
Home > समाचार > नेपालको बिद्युत सेवा नै मानव धराप, फेरि बैतडीमा घट्यो यस्तो दुःखद घटना… पूरा हेरि सेयर गरौं

नेपालको बिद्युत सेवा नै मानव धराप, फेरि बैतडीमा घट्यो यस्तो दुःखद घटना… पूरा हेरि सेयर गरौं

काठमाडौ । नेपालको विद्युत सेवा मानव धराप भन्दा कुनै फरक पर्दैन । यति अव्यवस्थित छ कि हरेक दिन एक जनालाई अंगभंग बनाइरहेको छ भने दिन बिराएर ज्यान लिइरहेको छ । हिँजो मात्र बैतडी जिल्लाको विद्युत बितरण केन्द्रमा कायरत भान सिंहको विद्युत बनाउँदै गर्दा पोलमा नै ज्यान गयो ।

उनी ट्रान्सफर्मर मर्मत गर्न पुगेका थिए । उनको कामको शिलशिलामा करेन्ट लागेर मूत्यु भएको छ । यो घटना नै पहिलो हैन । हरेक दिन जसो करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारी र सर्वसाधारण अंगभंग वा मृत्युवरण गरिरहेका छन् । यो क्रम अझै बढ्दै जाने हो भने झनै भयाबह स्थिती आउनेछ ।

यो पनि पढ्नुहोस्:
इन्द्र आचार्य / अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको खोर । बर्खे झाडीले हावासँगै उढिरहेका अनगिन्ती झिंगा र भुसुनाहरुले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका छन् । धपाउन अब उनीसँग न त दुवै हात छन् न खुट्टा नै । बाँकी छ केवल शरिरको गिँड मात्र ! नेपाल विद्युत प्राधिकरणका कर्मचारी हरिकाजी ढुंगाना, कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछिको अवस्थामा ।

केही बर्ष पहिले सम्म यी नेर्पा ८ रामपुर–खोटाङ्गका हरिकाजी ढुंगाना गाऊँकै बलिया युवा थिए । हात खुट्टा छँदा गाँऊमा कोही विरामी परे बोकेर अस्पताल पुर्याउने देखि नयाँ घर बनाउनेका लागि सिंगो निदाल काँधमा हाल्ने उनै मात्र थिए । त्यही साहासिलो व्यक्तित्व भएकै कारण नेपाल विद्युत प्राधिकरण खोटाङ्गको वितरण शाखामा तार, तान्ने देखि पोल ठड्याउने मिलाउने प्राविधिकको जागिर पाएका थिए ।

करेन्ट लाग्नुभन्दा पहिले वैदेशिक रोजगारिका लागि मलेसिया गएका बेला लिइएको हरिकाजी ढुंगानाको तस्वीर

सबै मानिसका लागि उज्यालो दिन बनेको विज्ञानको त्यो उत्सर्जन विद्युत हरिकाजीको जीवनका लागि भने अन्धकारमय बन्यो । अरुलाई उज्यालो दिन विजुलीको तार जोड्न पोलमा चढेका उनका करेन्ट लागेर दुबै हात, एउटा दाहिने खुट्टा गुमाउन पुगे । करेन्टले डढेर हात–खुट्टा पग्लिए पछिको प्लाष्टिकको डन्डि जस्तै देखिन्थ्यो । उनलाई बचाउन वि एण्ड वि अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जियन बसन्त माथेमासहितका डाक्टरहरुले दुबै हात, एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

बयवृद्ध बाबु-आमाका साथमा हरिकाजी ढुंगाना : त्यो बेला उनकी जीवन संगिनीको पेटमा भर्खरै मात्र उनै हरिकाजीको नासो सलवलाई रहेको थियो । दुधे छोरी काखमा थिईन् । गर्भवती जीवन संगिनी सिता ढुंगानाले आँखाबाट आँसु बगाउदै शरिरको गिड मात्र बचाउन सकेपनि ठुलो प्राप्ति हो भन्दै सहमती जनाईन् । नाताले सोल्टि भएकाले त्यो निर्णय लिने मध्यको यो शब्दकार म स्वयं पनि थिए । त्यसैले उनको त्यो अवस्था देखि अहिले सम्मका सबै अवस्थाको म स्वयं प्रत्यक्षदर्शी पनि हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!