Saturday, June 19, 2021
Home > प्रवास > महाभूकम्प गएकै दिन अमेरिमा सरकारले गर्यो ९ हजार नेपाली माथि यस्तो बज्रपात!

महाभूकम्प गएकै दिन अमेरिमा सरकारले गर्यो ९ हजार नेपाली माथि यस्तो बज्रपात!

काठमाडौँ, १२ बैशाख । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेको अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणले जनाएको छ । एक वर्षको समय दिने उल्लेख छ ।

समाचार अनुसार ट्रम्प सरकारले २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस)लाई खारेज गर्ने तयारी भएको छ । वासिङट्न पोष्टले फेला पारेको विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेजमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

 

ट्रम्प सरकारले नेपालीलाई दिइएको टीपीएस खारेज गरे लगभग ९ हजार नेपालीले अमेरिका छोड्नु पर्ने हुन्छ । टीपीएस सुविधा लिने नेपालीहरुको संख्या पनि १५ हजार रहेपनि हाल मात्र ९ हजारजना अमेरिका भित्र रहेको देखिएको बताइएको छ ।

विभिन्न देशबाट वैध/अवैध तरिकाबाट अमेरिका पुगेका द्वन्द्वग्रस्त तथा प्राकृतिक प्रकोप लगायतका अन्य प्रकोपहरुबाट पीडित भएका नागरिकहरुलाई उक्त देश फिर्ता पठाउनबाट रोक्न अमेरिकी संसदले सन् १९९० मा उक्त प्रावधान बनाएको थियो । नेपालमा विनाशकारी भूकम्प गएपछि नेपालीहरुलाई पनि सो स्ट्याटस दिने घोषणा तत्कालिन सरकारले गरेको थियो ।

आप्रवासीहरु माथि निकै निरंकुश बनिरहेको ट्रम्प सरकारको निर्देशनमा आन्तरिक सुरक्षा विभागले केही महिना यता साल्भाडोरका २ लाख जनाको, हाइटीका ५० हजार जनाको र निकारागुवा र सुडानका केहीको टीपीएस खारेज गरी देश फिर्ताको प्रक्रिया सुरु गरिसकेको छ ।

यस्तै होन्डुरसलाई दिइएको टीपीएस सुविधा पनि फिर्ता लिने तयारी अन्तरिक सुरक्षा विभाग रहेको बताइएको छ । होन्डुरसका ५७ हजारजना सो सुविधा प्राप्त गरी अमेरिकामा बसोबास गरिरहेका छन् । अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् ।

ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ ।

नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा विभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर नगरिसकेको भए पनि आन्तरिक दस्तावेजले चाडै नै उनले हस्ताक्षर गर्ने स्पष्ट संकेत गरेको वासिङटन पोष्टले जनाएको छ ।

नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!