Tuesday, June 15, 2021
Home > समाचार > इमान्दार ट्याक्सी चालक ! जसले फर्काए यात्रुको छुटेको साढे ३ लाखको सुनको सामान

इमान्दार ट्याक्सी चालक ! जसले फर्काए यात्रुको छुटेको साढे ३ लाखको सुनको सामान

तपाइले आफ्नो लाख रुपयाको कुनै गाडीमा बिर्सनु भयो भने तपाइलाइ के लाग्छ त्यो तपाइले फिर्ता पाउनुहोला ? पक्कै गारो छ। पैसा देखेपछि माहादेव को पनि त्रिनेत्र हुने भनिने जमाना एकजनाले चालकले भने आफ्नो इमान्दारिता देखाएका छन्। कुनै यात्राले उनको ट्याक्सीमा बिर्सेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्। उनले आफ्नो गाडीमा यात्रा गरेका यात्रुको लाखौ को सुनको सामान फिर्ता बुझाएका हुन्।

काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल राईले उक्त मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाएका हुन् । बुधबार बिहान अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थानसहित त्यो मूल्य बराबरको सामान उनले छुटाएकी थिइन् ।

काठमाडौंको थापागाउँ बस्ने २८ वर्षीया वसन्ता भुषालले बुधबार बिहान राईले चलाउने गरेको ट्याक्सीमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बहुमुल्य सामान छुटाएकी थिइन् । इमान्दार ट्याक्सी चालक राइले आफ्नो ट्याक्सीमा छुटेको सबै सामान आफैँ महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका थिए र प्रहरीले सम्बन्धित सामान धनीलाइ बोलाएर हस्तान्तरण गरेको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!