Thursday, June 17, 2021
Home > समाचार > युएईमा सुनकाण्डका नाइके गोरेका भाइले प्रहरीलाई टेन्सन – पुरा हेर्नुहोस

युएईमा सुनकाण्डका नाइके गोरेका भाइले प्रहरीलाई टेन्सन – पुरा हेर्नुहोस

वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे, सुनकाण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे ठूलै नेता भ्रष्टाचारी न डराउँछन्–लुक्छन्, कार्यकर्ता क्यै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन् यो हाल निकै चर्चित भएको र विवादमा परेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा,’ गीतको अन्तरा हो । बहुचर्चित सुन तस्करी प्रकरणको अनुसन्धान पूरा नगरेको भन्दै यो गीतमा समेत आलोचना गरिएको छ ।

वास्तवमै सो प्रकरणका धेरै पाटो अझै रहस्यमै छ । हराएको भनिएको साढे ३३ किलो सुन अझै भेटिएको छैन भने कतिपय ठूला व्यापारीहरु अझै फरार छन् । कतिपयलाई विदेशमा पक्राउ गरेर समेत ल्याइएको छ । तर, विदेशबाट पक्राउ गरेर ल्याउन सहज छैन । जस्तो कि सो समूहका कुख्यात पात्र चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती दुबईमा पक्राउ परेका सात महिना भइसक्यो प्रहरीले अझै उनलाई नेपाल ल्याउन सकेको छैन ।

नेपाल प्रहरीको आग्रहमा असारको अन्तिम साता उनलाई यूएईको प्रहरीले पक्राउ गरेको थियो । विभिन्न कारण देखाउँदै अहिलेसम्म दुबईले नेपालमा डिपोर्ट गरेको छैन । विभिन्न कागजात माग्दै उनलाई डिपोर्ट गरिएको छैन । हुन त उनी अहिले थुनामा छैनन् । उनलाई तारेखमा राखेर छाडिएको छ । दुई देशबीच सुपुदर्गी सन्धि नहुँदा यसरी नेपाल ल्याउन ढिलाइ भएको हो । यूएईका लागि नेपालसँग सुपुदर्गी सन्धि गर्न कुनै आवश्यकता छैन । तर, नेपालमा अपराध गरेर धेरै युएईमा भाग्ने तथा युएईबाटै पनि नेपालमा अपराध गर्नेहरुको संख्या ठूलो छ । यस्तो अवस्थामा यूएईसँग सन्धि गर्न अत्यावश्यक भइसकेको छ । तर, राज्यको माथिल्लो निकायमा भएकाहरुलाई यसबारे कुनै चासो छैन । त्यसको दुःख अहिले प्रहरीले भोगिरहेको छ । अभियोगसम्बन्धी सबै फाइल अरबिक भाषामा ट्रान्सलेसन गरेर पठाइसकेको छ । अभियोजन फाइल धेरै लामो भएकाले एक व्यक्तिको लागि झन्डै एक लाख रुपैयाँ खर्च हुने गरेको छ । त्यसरी ट्रान्सलेसन गरेर पटक–पटक विभिन्न विवरणहरु पठाउँदा पनि युएईको अदालतले डिपोर्टका लागि आदेश दिइसकेको छैन ।

दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई प्रहरीले ल्याइसकेको छ । उप्रेती र गत महिना पक्राउ परेका हरिशरण खड्कालाई ल्याउने काम भने प्रक्रियामै छ । सो प्रकरणमा अझै एक दर्जन भन्दा धेरै फरार छन् । जसमध्ये झापाको गौरदह–१८ का भोजराज भण्डारी, सुनसरी धरान–३ स्थायी ठेगाना भएका मोहनकुमार अग्रवाल, काठमाडौं–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई–१२ का रोहित आचार्य, सोलुखुम्बु दुधकुण्ड– ८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको छ । त्यस्तै, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, झापा शिव सतासी–६ घर भएका कृष्ण गोपाल अग्रवाल, मोहम्मत उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । गिरोहका मुख्य नाइके मोहनकुमार अग्रवालको धेरै सम्पति जफत भएपनि उनी पनि भेटिएका छैनन् । दृस्टी न्युजमा खबर छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!