Monday, March 8, 2021
Home > समाचार > आइजीपी खनाललाई यी जवानले हुलाकबाट पठाए यस्ता पत्र ,तल्लो तहबाट यस्तो पत्र आएपछी प्रहरी मा मच्चियो हलचल ! अब के गर्लान खनाल ?

आइजीपी खनाललाई यी जवानले हुलाकबाट पठाए यस्ता पत्र ,तल्लो तहबाट यस्तो पत्र आएपछी प्रहरी मा मच्चियो हलचल ! अब के गर्लान खनाल ?

नेपाल प्रहरीका एक जवानले निम्न तहका प्रहरी कर्मचारीले भोग्दै आई रहेका समस्या पस्केर आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका छन । कुवेरसिह रानाको पालादेखि मागपत्र पेश गर्दै आएका उनले त्यस यता निरन्तर नयां आईजीपीहरुलाई यस्ता माग पठाउदै गरेको भए पनि सुनवाई नभएको बताएका छन । यसरी हुलाकबाट आईजीपीलाई पत्र पठाउने प्रहरी जवान बैतडी मेलौली नगरपालिका–२ सलेना घर भई वडा प्रहरी कार्यालय धनगढी कैलालीका कार्यरत रहेका दिपेन्द्र बहादुर चन्द रहेका छन ।

उनले आफ्नो मागपत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउँने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका छन । बिगत १२ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहेका जवान चन्द स्नातक तहसम्मको अध्ययन गरेको तथा कानुनमा एलएलबी अध्ययरत छन । उनले आफु योग्य भए पनि हालसम्म कुनै पनि फाँटमा बस्न नपाएको पीडा उल्लेख गर्दै प्रहरीभित्र आफुजस्ता थुप्रै प्रहरी अन्यायमा परेको पीडा पत्रमा पोखेका छन् । जवानले आईजीपीलाई लेखेको पत्र जस्ताको त्यस्तै ।”

श्रीमान प्रहरी महानिरीक्षक ज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं । विषय :- प्रहरी कर्मचारीहरुले पहुच भएको आधारमा मात्रै फाँटमा बस्न पाउने कुप्रथा अन्त्य गर्न र सबैले समान रुपले फाँटमा बस्न पाउने नियम बनाउन आवश्यक पहल गरी पाऊँ भन्ने बारे सुझाव पठाएको । महोदय,

सर्वप्रथम, नेपाल प्रहरीको आई.जी.पी. जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा नवनियुक्त आई.जी.पी. महोदय प्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । हाम्रा प्रहरी कार्यालयका फाँटमा काम गर्ने प्रहरी कर्मचारीहरुले तुलनात्मक रूपमा फिल्डमा काम गर्ने प्रहरी कर्मचारीहरू भन्दा बढी सहुलियत, फुर्सद, ज्ञान र दक्षता हासिल गर्ने मौका पाउँछन् भन्ने कुरो श्रीमानमा विदित नैं छ । दुस्खको कुरो के छ भने राजनीतिक वा प्रशासनिक पहुच भएको प्रहरी कर्मचारी कम योग्य भए पनि उसले जागिर अवधिभर फाँटमै बसेर आराम र शानसँग जागिर खान्छ तर ऐ। ठाउँमा पहुच नभएको अर्को प्रहरी कर्मचारीले बढी योग्य भए पनि पहुच नभएको कारण फाँटमा कहिल्यै काम गर्न पाउँदैन १ यस किसिमको असमानता र कुप्रथा अन्त्य गर्न सुझाव दिदै यसअघि कुबेरसिंह राना आई.जी.पी. सरको पालादेखि हरेक नवनियुक्त आई.जी.पी. सरहरुलाई निवेदन प्रेषित गर्दै आइरहेकोमा हालसम्म केही भएको छैन तर हजुरको कार्यकालमा त यस विषयमा पक्कै केही पहल गरिनेछ भन्ने आशाले यो सुझावमूलक निवेदन प्रेषित गरेको छु । निम्न तरिकाले यो असमानता अन्त्य गर्न सकिन्छ भन्ने मेरो सुझाव छ।

१:- ६ महिना फाँटमा काम गरिसकेका प्र।क।हरूलाई फिल्डमा डिउटी खटाउने र ६ महिना फिल्डमा काम गरिसकेका प्र.क.हरुलाई फाँटहरूमा खटाएर सबैलाई समान मौका दिने, अथवा

२:- फाँटमा बस्न इच्छुक प्र.क.हरुले कुनै तोकिएको परीक्षा दिनुपर्ने (खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने) र परीक्षामा पास भएका दक्ष र योग्य प्रहरी कर्मचारीले मात्र फाँटमा काम गर्न पाउने नियम बनाउनु पर्ने, अथवा

३:- बढी शैक्षिक योग्यता भएको प्र।क।लाई फाँटमा बस्न प्राथमिकता दिने, अथवा४:- यति मापदण्ड, योग्यता, क्षमता, परीक्षा पूरा गर्न सक्ने व्यक्तिले मात्र फाँटमा बस्न पाउने, भनी प्रहरी नियमावलीमै उल्लेख गराउनु पर्ने ।

माथि उल्लेख गरिए अनुसार कुनै न कुनै मापदण्ड निर्धारण गरी वा नियमावलीमा नियम थप गरी, प्र. क.ले फाँटमा बस्न पाउने व्यवस्था गरिनू न्यायिक दृष्टिकोणले पनि जरूरी छ, किनकि यस्तो व्यवस्था नहुनाले तपसिलमा उल्लेखित योग्यता र क्षमता भएको मैले, मेरो जागिर अवधि १२ वर्ष पुग्न लाग्दा पनि हालसम्म कतै पनि फाँटमा बसी काम गर्ने मौका पाएको छैन १ म एउटा उदाहरण मात्रै हूँ, मजस्ता हजारौं योग्य प्र.क.हरुले राजनीतिक र प्रशासनिक पहुच नभएको कारणले फाँटमा काम गर्ने मौका पाएका छैनन् ।

तपसिल (क) मैले बीएड् पास गरी माध्यमिक तहको अध्यापन अनुमतिपत्र प्राप्त गरेको, हाल एलएलबी तेस्रो वर्षमा अध्ययनरत रहेको कानूनको विद्यार्थी पनि भएको, जागिर खानु आघि लेखन्दास (amanuensis) को काम गरेको र अपराध अनुसन्धान तालिम समेत गरेको हुनाले मुद्दा फाँटको सबै काम उत्कृष्ट ढंगले गर्न सक्ने ।

(ख) मैले जागिर खानु अघि एउटा NGO बाट सञ्चालित स्कुलको लेखापाल पदमा काम गरेको अनुभव र लेखा मूल विषयबाट I.Com. पास गरेको हुनाले लेखा फाँटमा पनि काम गर्न सक्ने।

(ग) ६ महिने कम्प्यूटर कोर्स पूरा गर्नुका साथै नेपाली युनिकोडमा पनि राम्ररी टाइप गर्न सक्ने ।(घ) ३ वटा साहित्यिक कृतिरू प्रकाशित गरेको चर्चित साहित्यकार पनि भएको । (ङ) आध्यात्म, योग, ध्यान, प्रणायाम आदिमा रुचि भएको मानिस भएकाले विभिन्न आध्यात्मिक निकायहरूबाट योगा सिकाउने प्रमाणपत्र, सम्मानपत्र आदि पाएको साधू प्रवृत्तिको मानिस भएको ।

अन्त्यमा, यो निवेदन पेश गर्नुको उद्देश्य मैले मात्रै फाँटमा बस्न पाऊँ भन्ने नभई समग्र रुपले फाँटहरूमा बस्ने र बसाउने प्रणालीमा सुधार होस् र यो सुधार गरे बापत इतिहासले हजुरको गुणगान गरोस् र यो सुधारको यश हजुरको पोल्टामा परोस् भन्ने मेरो हार्दिक कामना पनि छ । जय नेपाल ! निवेदक (सुझाव पेश गर्ने)

वडा प्रहरी कार्यालय धनगढी कैलाली दरबन्दी भई ऐ। कार्यरत रहेकोप्रहरी जवान दिपेन्द्र बहादुर चन्द ९मो.नं ९८४८९०२२६६०

स्रोत: हाम्रो इकोनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *