Friday, June 18, 2021
Home > Uncategorized > खाेइ सरकार हाम्रो देश विकास गरेकाे भन्दै यस्तो गीत निकालेपछि… भिडियो सहित

खाेइ सरकार हाम्रो देश विकास गरेकाे भन्दै यस्तो गीत निकालेपछि… भिडियो सहित

काठमाडौं, फागुन ७ : गत बिहीबार युट्युबमा अपलोड गरेको चर्चित गायक तथा सर्जक पशुपति शर्माको गीतले मुलुक भित्र तथा बाहिर निकै तरंग ल्‍याएको छ। शर्मालाई नेकपाको भातृ संगठन युवा संघ नेपालले विज्ञप्ती जारी गर्दै गीतका शब्दहरु सच्याउन तथा नसच्याए करियर नै सद्धयाउने धम्की दिएपछि उनले शनिबार बेलुका उक्त गीत युट्युबाट हटाएका थिए।

‘लुट्‍न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीतमा मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितीको विरोध गरिएको थियो। उक्त गीत युट्युबाट हटेपछि नेपाली तथा अन्तर्राष्ट्रि सञ्‍चार माध्यमहरुले पनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सरकार अघि बढेको भन्दै समाचारहरु प्रकाश तथा प्रसारण गरिएको थियो। आइतबार बेलुका स्वतन्त्र नागरिकहरुले माइतीघरमा उक्त गीत बजाएर प्रदर्शनसमेत गरेका थिए।

लोक तथा दोहोरी प्रतिष्ठानले पनि उक्त गीतले व्यंग्य गरेको र कुनै व्यक्ति र पार्टी विशेष लक्षित नभई भ्रष्ट पद्दतीलाई सुधार्नुपर्ने सन्देश दिएको भन्दै फेरि जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको थियो। शर्माले उक्त आग्रह र व्यापक जनसमर्थनपछि उक्त गीत फेरि अपलोड गरेका छन्।

उनको समर्थनमा गीत सार्वजनिक भइरहेका छन्। सोमबार कर्णालीका कलाकार तथा युवाहरुले सरकार छैन तेरो भर, सत्य बोल्छौं, छाती खोल्छौं देश निकाला गर बोलको गीत सार्वजनिक गरेका थिए। त्यस्तै आज ऐडी मोहन नाम गरेको फेसबुकबाट अर्को गीत पोस्ट गरिएको छ। कुनै पनि सर्जकको नाम राखिएको छैन। गीतमा भ्रष्टाचार सबै मिलेर खाने, बेथिति गर्ने अनि थाहा पाउन भयले जनतालाई ठग्‍ने र दबाउने गरेको भन्दै व्यंग्य गरिएको छ।

प्रजातन्त्रको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गीतमा उबेलाको राणा शासन फेरि चल्न थालेको र अब टुलुटुलु हेरेर बस्‍न नसकिने भाव व्यक्त गरिएको छ। चाहिदैन झुटो भाषण, हामी छैनौं मरेको खै त नेता देशको विकास गरेको जस्ता शब्दहरु गीतमा समावेश छन्।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!