Wednesday, June 16, 2021
Home > Uncategorized > आईफोन चलाउन मन लागेको छ भने अरब तिर जाउ, तर बिमानस्थलमा बसेर आफ्नै दाजुभाइको कुम्लो नलुट

आईफोन चलाउन मन लागेको छ भने अरब तिर जाउ, तर बिमानस्थलमा बसेर आफ्नै दाजुभाइको कुम्लो नलुट

काठमाडौं , पछिल्लो समय विदेशमा रोजगार गरेर फर्किएका नेपालीका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत हुँदै आएको छ । एकभन्दा बढी सामान ल्याएको पाइएमा जफत गर्ने र लिलामी गर्ने काम विमानस्थल कार्यालयले गर्दै आएका छन् ।

स्वदेशमा लाखौ रुपैयाँ ऋण काढेर विदेशमा काम गरेर फर्किंदा आफ्ना परिवारका सदस्यलाई ल्याइदिएका सामान पनि जफत गरेपछि अहिले यसको व्यापक विरोध हुन थालेको छ । सरकारले विमानस्थलमा वाइन, टिभी, मोबाइल, सुनका गरगहना, कपडा, घडीलगायतका सामान जफत गर्न थालेको छ ।सरकारको यो कदमलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

सधै फेसबुकमा आफ्नो खरो भनाइ राख्ने दिल निशानी मगरले पनि सरकार को यो कदम लाई खरो प्रतिक्रिया दिएका छन । यसरी आक्रोश पोखे हेर्नुहोस उनको स्टार्टस :

तिमीहरुलाई पनि आईफोन चलाउन मन लागेको छ भने, रेड लेबल पिउन रहर छ भने अरब तिर जाउ, तर प्लिज विमानस्थलमा हाम्रा श्रमजीवीहरुको भद्दा अपमान गर्ने काम नगर। आफ्नो बा, आमा छोराछोरी साथीभाईहरुलाई दुईचार थान कोशेली ल्याउन पाईन्न भने घण्टा गर्न विदेश जाने?

हेर्नुस् ट्विटरमा उनकाे ट्विट जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!