Saturday, July 17, 2021
Home > समाचार > भर्खरै आयो अत्यन्तै दुखद घटनाको खबर

भर्खरै आयो अत्यन्तै दुखद घटनाको खबर

गुल्मीमा घर र गोठ जल्दा भैंसीसहित एक वृद्धको मृत्यु गुल्मी । गुल्मीमा घर र गोठमा आगलागी हुदा एक वृद्धको मृत्यु भएको छ । गुल्मी, धुर्कोट गाउँपालिका–३, हाडहाडे सोमरभोमरमा मंगलबार ६० वर्षीय कृष्णबहादुर पुनको मृत्यु ज्यान गएको हो ।

मंगलवार राति ११ बजे घरको अगेनाको चुल्होवाट सल्किएको आगोले पुनको घर, गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । आगलागीमा एउटा भैंसी समेत मरेको छ ।

यो पनि पद्नुहोस : प्रहरीले नै युवतीमाथि एसिड प्रहार गरेपछि गृहमन्त्री थापा आक्रोशित

प्रहरीले नै युवतीमाथि एसिड प्रहार गरेपछि गृहमन्त्री रामबहादुर थापा पुगे पीडित युवती भेट्न, फिल्मी शैलीमा एसिड खन्याएका प्रहरीमाथि कडा कारवाहीको माग

चितवन । मन पराएकालाई पाउन मानिस पागल पनि हुन्छन । यस्तै उदाहरणको चरितार्थ गरेका छन – एक व्यक्तिले चितवनमा । तर यो पागलपन देखाउने व्यक्ति प्रहरी परेपछि रक्षक नै भक्षक भन्ने भनाईलाई थप बल पु¥याएको छ । प्रहरी नै युवतीमाथि एसिड हान्ने प्रकरणमा मुछिएपछि गृहमन्त्री रामबहादुर थापाको पनि टाउको दुखेको छ ।

यिनलाई एसिड प्रहार गर्ने व्यक्ति चिनजानकै हुन् । प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँ । दंगा नियन्त्रण गण हेटौंडा दरबन्दी भई हाल अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत गोरखाका खनियाँ भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्छन् ।

भरतपुरको बुद्धचोकबाट फिल्मी शैलीमा पछ्याएका खनियाँले कल्पनालाई ‘कुरुप’ बनाउने उद्देश्यले एसिड प्रहार गरेका थिए । कहालीलाग्दो घटना यसरी सम्झिन्छिन् ।

खनियाँले अझै गल्ती स्वीकारेका छैनन् । एसिड प्रहार गर्ने खनियाँविरुद्ध कल्पनाका पतिले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् । उता, चितवन पुगेका गृहमन्त्री रामबहादुर थापाले श्रेष्ठको अवस्थाबारे जानकारी लिँदै दोषीलाई कानूनअनुसार कारवाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीले निर्देशन भएपनि एसिड प्रहार गर्नेमाथि कारवाही गर्ने स्पष्ट कानून छैन । ज्यानसम्बन्धी महलको १६ नम्बरमा ज्यान मार्न सक्ने कुनै गतिविधि गरेमा वा ज्यान मारेको भए १० देखि १५ वर्षसम्म र नमेरको भए पाँचदेखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

२०६६ साउन २८ गते सर्बोच्च अदालतले महिलाविरुद्ध हुने एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कारवाही गर्न छुट्टै कानुन बनाउन आदेश दिएको थियो । तर, अहिलेसम्म कानून बनेको छैन । कानून अभाव र समाज संवेदनहीन बन्दा एसिड आक्रमणका घटना बढिरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!