Thursday, February 25, 2021
Home > समाचार > लिभरपुल विजयी भएपछि रंगशाला बाहिर घमासान भिडन्त

लिभरपुल विजयी भएपछि रंगशाला बाहिर घमासान भिडन्त

स्पेन, १२ वैशाख । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति लिभरपुल र रोमाबीच पहिलो लेगको खेल हुँदै गर्दा रंगशाला बाहिर झडप भएको छ । यो खेलमा घरेलु टोली लिभरपुल ५–२ ले विजयी भएको छ ।

एनफिल्डमा भएको खेलअघि रंगशालबाहिर तनावको अवस्था आएको थियो । रंगशाला बाहिर खेलको केहीअघि भएको आक्रमणका कारण ५३ वर्षका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

रोमबाट खेल हेर्न आएका २५ र २६ वर्षका दुई व्यक्तिलाई प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । घाइते व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

लिभरपुलले एक वक्तव्य जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सबै किसिमको सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ ।

आक्रमणकारीले पीडित व्यक्तिलाई बेल्टले हानेको प्रत्यक्षदर्शीले जनाएको छ । खेल सुरु हुनु केही पूर्व रंगशाला बाहिर रोमा र लिभरपुलका समर्थकबिच झडप भएको थियो । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *