Friday, June 18, 2021
Home > समाचार > बीरगञ्जबाट राजधानी भित्रिएकाे टाटा सुमो चेक गर्दा प्रहरी नै परे चकित… पुरा हेरेर शेयर गराैं

बीरगञ्जबाट राजधानी भित्रिएकाे टाटा सुमो चेक गर्दा प्रहरी नै परे चकित… पुरा हेरेर शेयर गराैं

काठमाडौँ-महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्की र बाराका २८ वर्षीय जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो । परिसरका प्रवक्ता होवीन्द्र बोगटीले ना १ ज ५८८४ नंको सुमो बसमा भन्सार छलेर ल्याउँदै गरेको यस्ता सामानहरू भेटिएकाे थियो ।

भन्सार छलेर ल्याउँदै गरेकाे अवस्थामा दक्षिणकाली चाल्नाखेलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग ७९ पिस साडी र १३ थान लेहङ्गा बरामदसमेत गरेको छ । उक्त सामानको मूल्य ९० हजार बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।

घुस दिन खोज्ने दुई चालक पक्राउ
सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने दुई टिपर चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बल्खुमा चेकजाँचका क्रममा कागजपत्र नभएपछि प्रहरीलाई घुस दिन खोज्ने बा २ ख ६७७१ नंका चालक २३ वर्षीय ओमबहादुर कार्की र बा ३ ख ६५६८ नम्बर टिपरका चालक २४ वर्षीय लक्ष्य पन्तलाई पक्राउ गरेको हो । शनिबार राति चेकजाँचका क्रममा कागजपत्र नभेटिएपछि मिलाइदिन भन्दै उनीहरुले प्रहरीलाई रु ५०० का दरले प्रहरीलाई घुस दिएको वृत्तले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!